Logo
Logo

लगातार बढेको नेप्सेमा सामान्य करेक्सन


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २७ माघ । निरन्तर तीन दिनको उच्च वृद्धि पनि नेप्सेमा मंगलबार करेक्सन देखिएको छ । गत साता बनाएको नयाँ रेकर्डलाई आईतबार र सोमबार तोडेको नेप्सेमा मंगलबार भने दोहोरो अंकको करेक्सन देखिएको हो ।

लगातार उकालो लागेको बजारले मंगलबार पनि सुरुआती समयमा २ हजार ५ सय ८५ अंकसम्मको उचाई छोएर घट्न सुरु भएको थियो । घट्नेक्रममा अधिकतम २ हजार ५ सय २४ अंकसम्म ओर्लिए पनि नियमित कारोबार समयको अन्त्यतिर केही सुधार हुँदा २ हजार ५ सय ३४ अंकमा रोकिएको छ ।

बजार २७ अंकले घटेसँगै कारोबार रकम समेत ८ अर्ब रुपैयाँमा खुम्चिएको छ । विकास बैंक र फाइनान्स बाहेक सबै उपसूचक रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समुह २ सय ७४ अंक, निर्जीवन बीमा समुह २ सय ३७ अंक र लघुवित्त समुहको सूचक १ सय २८ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन ग्रामिण लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमो छ । यस दिन लघुवित्तको ३४ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, प्रभु बैंकको ३० करोड ५८ लाख, ग्लोवल आइएमई बैंकको २९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्