Logo
Logo

एसईई सञ्चालन गर्ने अधिकार पुनः परीक्षा बाेर्डलाई दिइयाे


दृष्टि संवाददाता

1k
Shares


काठमाडौं, २७ माघ । कोभिड १९ महामारीका कारण एसईई सम्बन्धित विद्यालयलाई लिन दिने अधिकार सरकारले पुनः राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेपछि सरकारले पुनः बोर्डले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सावर्जनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अधिकार पुनः बोर्डलाई दिएको बताए ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

गत चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्