Logo
Logo

म्यान्मारमा चुनाव गराएर सत्ता सुम्पिने सेना प्रमुखको वाचा


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं, २७ माघ । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भैरहेको चर्को विरोधका बेला सैन्य जनरलले पहिलो सम्बोधन गरेका छन्।
सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ । पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाउनुभएको छ ।

उहाँले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यता, सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन जारी छ ।

प्रतिक्रिया दिनुहोस्