Logo
Logo

इण्डोप्यासिफिक रणनीति र क्वाडमा भारत सकारात्मक


दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २८ माघ । अमेरिकाको इण्डोप्यासिफिक र क्वाडमा सहकार्य गर्न भारत तयार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच इण्डोप्यासिफिक रणनीतिमा भारतको सहमतिबारे छलफल भएको बताइएको छ ।

एसियामा आफ्नो प्रभाव जमाउन अमेरिकाले इण्डोप्यासिफिक रणनीति अघि सारेको हो । चीनले ल्याएको बेल्ट एण्ड रोड इनिसिएभिटी बीआरआईलाई काउन्टर दिन भन्दै अमेरिकाले इण्डोप्यासिफिक र क्वाड अघि सारेको हो ।

भारतले चीनको बीआरआई परियोजनामा हालसम्म साथ दिएको छैन । तर, अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको एउटा हिस्सा बन्ने तयारीमा भारत रहेको छ । यसको बाछिटा नेपालसम्म पनि आइपुग्ने निश्चित छ ।

अमेरिका–भारतबीच विचार र अन्य एजेण्डा मिल्ने अन्य मुलुकहरुसँग पनि सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो । भारत र अमेरिकाको विचमा म्यानमारमा भएको प्रजातान्त्रिक ‘कू’ को विषयमा समेत विस्तृतमा कुराकानी भएको छ ।

म्यानमारको सम्बन्धमा भारतले लिएको नरम अडानप्रति अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आएको छ । अमेरिका, जापान, अष्ट्रेलिया र भारतबीचको गठबन्धन क्वाडलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा समेत कुराकानी भएको थियो । क्वाडलाई चीनले आफू विरोधी गठवन्धनको रुपमा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्