Logo
Logo

ट्रम्प विरुद्ध महाअभियोगको सुनुवाइले निरन्तरता पाउने


दृष्टि संवाददाता

252
Shares

काठमाडौं, २८ माघ । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाअभियोगले निरन्तरता पाउँने भएको छ । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ ।

सिनेटमा भएको मतदानको पक्षमा ५६ मत र विपक्षमा ४४ मत परेको थियो । यसले ट्रम्प विरुद्धको महाअभियोगको सुनुवाइले निरन्तरता पाउने निश्चित बनेको हो । ६ जना रिपब्लिकनहरुले सुनुवाई जारी राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।

गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो । ट्रम्पले भने महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताएका छन् । दुई पटक महाभियोग लगाइएका ट्रम्प अमेरिकी इतिहासमा पहिलो हुन् ।

ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्