काठमाडौं, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बोल्नैका लागि जन्मिएकाले बाल्न पाइने बताएकी छन् । बुधबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजित प्रतिगमनविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा आज जारी विरोधसभामा नेतृ झाँक्रीले मुखमा लगाएको कालो टेप खोल्दै भनिन्, ‘हामी बोल्नकै लागि जन्मिएका हौँ ।’ हातमा कालो पट्टी बाँधेर मञ्चमा उभिएकी उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध बोल्दा विवादमा आएको प्रति यस्तो जवाफ दिएकी हुन् । नेतृ झाँक्रीले संस्थाको कुनै लिंग नहुने बताउँदै भनिन्, ‘प्रधानमन्त्री ओलीको प्यारा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’
केही दिनअघि गोरखामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभा राष्ट्रपतिको विरुद्धमा बोल्दा उनी विवादमा आएकी थिइन् । उनलाई नेकपा ओली पक्षले पक्राउ गर्न दवाव दिएको समेत खुलासा भएको छ । यसैबेला नेतृ झाँक्रीले काठमाडौंको विरोधसभालाई सम्बोधन गरेकी हुन् ।