Logo
Logo

प्रचण्ड–माधव समूहमा फर्कन प्रचण्डसँग दुई मन्त्री वार्ता गर्दै


दृष्टि संवाददाता

6.9k
Shares

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले बनाएका दुई जना मन्त्री फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई मन्त्री पार्टीमा फर्कनका लागि वार्ता गरिरहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले भने– ‘असंवैधानिक कदम चालेका ओलीजीको पक्षमा रहेका धेरै नेता फर्किसके । पार्टीमा फर्कनेको लिस्ट लामो छ, अहिले म भन्न सक्दिनँ । दुई जना मन्त्री नै फर्कनका लागि म सँग वार्ता गर्दै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्