काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले अदालतबाट पनि संविधानको रक्षा नभए नेपाली जनताले शान्तिपूर्ण क्रान्ति गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यदि अदालतले पनि संविधानको रक्षा गर्न नसके नेपालमा शान्तिपूर्ण क्रान्ति हुने चेतावनी दिएका हुन् ।
जनभावनालाई मध्यनजर गर्दै अदालतले संविधानको पक्षमा फैसला गर्ने कुरामा आफू विस्वस्त रहेको भन्दै अध्यक्ष प्रचण्डले संविधानको रक्षामा फैसला गर्न अदालतसँग आग्रह गरेका समेत गरे ।
अध्यक्ष प्रचण्डले जरुरी भयो भने सिंहदरबार र वालुवाटर घेर्न तयार रहेको समेत बताएका छन् । आजको सभामा उपस्थित जनमुदायलाई देखाउँदै आवश्यकता भए नेपाली जनता सिंहदरबार र वालुवाटर घेर्न पनि तयार रहेको बताएका हुन्।