Logo
Logo

नेकपाको र्‍यालीमा भारतीय झण्डा : साइवर सेनाको प्रोपोगाण्डा


दृष्टि संवाददाता

148.1k
Shares

काठमाडौंं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । प्रदर्शनी मार्गमा सभा चल्दैगर्दा एकाएक एउटा तस्बिर सामाजिक संजालमा ‘भाइरल’ भयो ।

प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेता ‘विरोध–प्रदर्शन’ लेखेको व्यानरसहित र्‍यालीको अग्रपंक्तिमा देखिन्छन् । र्‍यालीमा सहभागी धेरैको हातमा हसियाँ हथाैंडा अंकित झण्डा र सूर्य अंकित नेकपाको चुनाव चिन्ह देखिन्छ । सोहि तस्बिरमा भारतीय झण्डा समेत देखियो !

नेकपाको र्‍यालीमा भारतीय झण्डा देख्दा धेरै आश्चार्यमा परे । नेकपाको र्‍यालीमा भारतीय झण्डा प्रयोग भएको भन्दै कतिपय अनलाइनले समाचार नै लेखे । धेरैले प्रचण्ड–माधव भारतीय एजेन्ट भएको लाञ्छना लगाउनसम्म भ्याए । तर, वास्तविकता फरक छ ।

२९ डिसेम्बर २०२० मा प्रचण्डको आधिकरिक फेसबुक पेजमा पोष्ट भएको र्‍यालीको तस्बिर फोटोसप गरी भारतीय झण्डा टाँसिएको रहेछ । यसबारे संचार माध्यम तथा सामाजिक संजालमा भाइरल हुने सामग्रीको तथ्यजाँच गर्दै आएको ‘नेपाल फ्क्ट चेक’ले तथ्यजाँच गरेको छ । तथ्यजाँचले भन्छ– ‘पुरानो फोटोमा भारतीय झण्डा टाँसेर भाइरल बनाइयो ।’

 

‘नेपाल फ्क्ट चेक’ले तथ्यजाँचपछि मिथ्या फोटो भन्दै बनाएको ‘कभर’ तस्बिर हेरौं ।

 

२९ डिसेम्बर २०२० मा प्रचण्डको फेसबुकमा पोष्ट भएको वास्ताविक तस्बिर र भारतीय झण्डा टाँसिएको मिथ्या तस्बिर हेरौं ।

 

मित्थ्या तस्बिरको आधारमा लेखिएको समाचार र सामाजिक संजालमा गरिएका पोष्टहरुको ‘स्कृनसट’ पनि हेरौं ।

भारतीय झण्डा सहितको मिथ्या तस्बिर भाइरल भएपछि नेकपाका नेता कार्यकर्ताले आक्रोस व्यक्त गरेका छन् । कतिपय नेताले केपी ओलीको साइवर सेनाले आन्दोलन बदनाम गराउन यस्तो हर्कत गरेको आरोप समेत लगाएका छन् ।

पछिल्लो समय ‘साइवर सेना’को व्यापक चर्चा हुन्छ । राजनीतिक दलका नेता विपक्षीलाई तह लगाउन ‘साइव सेना’ प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साइवर सेना गठन गरेर विपक्षीमाथि प्रहार गर्दै आएको आरोप धेरैले लगाउँदै आएका छन् । त्यसमा पनि पार्टी विभाजनपछि ओलीको साइवर सेना प्रचण्ड–माधव समूहविरुद्ध प्रयोग हुने गरेको चर्चा हुन्छ । बुधबार ‘भाइरल’ भएको तस्बिरले साच्चिकै साइवर सेना प्रयोग भए कि क्या हो ? भनेर धेरैलाई सोच्न बाध्य बनायो ।

प्रतिक्रिया दिनुहोस्