Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : निर्वाचन आयोगलाई प्रचण्डको चेतावनीदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धिसम्म


दृष्टि संवाददाता

819
Shares

हेडलाइन्स् :
१. नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शन, १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न दिन ननिम्त्याउन केपी शर्मा ओलीलाई प्रचण्डको चेतावनी, ओलीको दबाबमा नपर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई सुझाव ।

२. प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारका तर्फबाट बहस जारी, प्रतिनिधिसभा पुर्नस्थापना भएपनि सरकार अस्थिर हुने वरिष्ठ अधिवक्ताको दावी, बिहीबार ओली पक्षको एक घण्टा बहसपछि सभामुखतर्फको बहस सुरु गर्ने तयारी ।

३. अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा सरकारको हस्तक्षेप नरहने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रपति अख्तियारलाई सुझाव ।

४. बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाउने विशेष अदालतलको आदेश, जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको भनी इन्कारी बयान दिएका ढकालको संलग्नता रहेको पुष्टि ।

५. सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क घटायो, सरकारी प्रयोगशालामा पिसिआर शुल्कको एक हजार मात्रै लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय, कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा बुधबारसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराइने ।

६. अध्यागमन विभागको विदेश भ्रमणसम्बन्धि कार्यविधिमा गरिएको संशोधन विवादमा, खाडी मुलुकमा भिजिट भिसामा जान महिलालाई वडाको सिफारिस चाहिने कानुन कुनै पनि हालतमा सही नभएको तर्क, एक्लै भिजिट भिसामा जाने महिलालाई मात्रै प्रावधान राखिएको विभागको प्रष्टोक्ति ।

७. अन्तर्राष्ट्रिय समायोजनका आधारमा भन्दै नेपाल आयल निगमले पुनः बढायो पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढ्यो, खाना पकाउने एलपी ग्यास २५ रुपैयाँ महंगियो, मूल्य बढेपनि अझै घाटा बेहोरिरहेको निगमको भनाइ ।

८. बैंकिङ्ग उपसमूह बढेपछि सम्हालियो शेयरबजार, फाइनान्समा लगानीकर्ताहरुको आकर्षण बढ्दा नेप्से आठ अंकले बढेर बन्द, नेप्सेको कारबाहीमा परेका ७ कम्पनीको शेयर कारोबार फुकुवा ।

९. राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको अपराजित यात्रा कायमै, सावित्रा भण्डारीको ६ गोलमा चन्द्रपुर नगरपालिका आठका विरुद्ध शून्य गोल अन्तरले पराजित, अनिता बस्नेतले बनाइन् सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान, पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबलमा एपीएफको विजयी सुरुवात ।

१०.र, म्यानमार सैन्य ‘कु’ विरुद्ध विशाल प्रदर्शन, प्रहरी पनि सहभागी, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोग अघि बढाउन सिनेटले दियो स्वीकृति, शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या ।

प्रतिक्रिया दिनुहोस्