काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिन प्रहरी उनको निवासमा पुगेपछि तनाव भएको छ । नेतृ झाँक्रीको निवास बुद्धनगरमा प्रहरी पुगेसँगै नेकपाका कार्यकर्ताले नारा जुलुस गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेको हो । केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न ओली निकट अनेमसंघले दवाव दिएको थियो । आज नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली त्यहाँ उनको निवास बिहानैदेखि घेराउृ गरेको थियो । अहिले त्यहाँ नेतृृ झाँक्रीको पक्षमा कार्यकर्ताले नारा जुलुस गरिरहेका छन् । उनीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘रामकुमारी हाई हाइ’लगायतका प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाइरहेका छन् ।