Logo
Logo

‘उहिले महाराजा, अहिले राष्ट्रपति !’


दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक कदमविरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !’

सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने पनि उनले बताएका छन् । उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्