Logo
Logo

ओली समूहका नेता पनि मुल पार्टीमा आउँदैछन् : प्रचण्ड


दृष्टि संवाददाता

1.8k
Shares


काठमाडौं, २९ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहका गएका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्कने दावी गरेका छन् ।

आफ्नो समूह नै मुल नेकपा भएको भन्दै प्रचण्डले ओलीपक्षका नेताहरू आफुतिर आउन निरन्तर छलफल भइरहेको बताएका हुन् ।

बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफुसंगको सम्वादमा रहेको भन्दै छिटै फर्कने तर्क गरे ।

प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफुखुसी काम गर्दै हिडेकाले अहिलेको अवस्था आएको धारणा राखे ।

पार्टी एकता गर्दा राजनीतिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उनले अव पनि सोहि आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्