Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : रामकुमारी झाँक्री रिहादेखि भागरथी भट्टको हत्यारा पक्राउ नपरेकाेसम्म


दृष्टि संवाददाता

945
Shares

हेडलाइन्स्

१. राष्ट्रपतिको आलोचना गर्दा नेकपा नेतृ रामकुमारी झाँक्री पाँच घण्टा प्रहरी हिरासतमा, साँझ मात्रै छोडियो, प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने झाँक्रीको दावी, सरकारको चौतर्फी आलोचना ।

२. ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दावी, ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न प्रचण्डको आग्रह, आफू दाहाल–नेपाल समूहमा जान लागेको भनेर भ्रम छरिएको भन्दै मन्त्री रायमाझीको आपत्ति ।

३. प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन निवेदनमाथि प्रधानमन्त्री र सभामुखका कानून व्यवसायीले बहस टुंगियो, संसद्ले असहयोग गरेको नभई सरकारको सहयोग संसद्ले नपाएको इजलासमा सभामुखका वकीलको तर्क, आइतबारदेखि सरकारी वकीलले उठाएका तर्कको जवाफ निवेदकका तर्फबाट पाँच जना वकीलले दिने ।

४. जुलुसमा नारा लगाएर सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा दबाब दिन नमिल्ने नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाको तर्क, लोकतान्त्रिक पार्टी भएकाले संसद पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने देउवाको दावी ।

५. सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द (विप्लव), बैद्य र कट्टेलको पार्टीबीच रणनीतिक एकता, हालको राज्यसत्ता खारेज गर्नुपर्ने तर्क, फागुन ६ गते बुटवलमा, १४ गते इटहरीमा र १८ गते धनगढीमा आमसभा गर्ने घोषणा ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री कार्यालय र भूकम्पपछि पुनर्निर्माण भइरहेको धरहराको अवलोकन, पुनर्निर्माणप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जनाए सन्तुष्ट, फागुन महिनाभित्रै धरहरा पुनर्निर्माण सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा जानकारी ।

७. बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको बिहीबार नौ दिन पूरा, प्रहरीले अपराधी पहिचान गर्र्नै सकेन, डीएसपी नारायणप्रसाद अधिकारी र एसएसपी पाण्डेयको टोली अहिले पनि अनुसन्धानमा सक्रिय, ठोस् निष्कर्षमा पुग्न तथ्य पुष्टि गर्ने प्रक्रिया जारी रहेको प्रतिक्रिया ।

८. साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, १६ अंकले बजार घटेपनि ८ अर्बभन्दा बढीको कारोबार कारोबार, नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने, यातायात व्यवसायीहरुको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग, नलिए आन्दोलन गर्ने चेतावनी ।

९. राष्ट्रिय महिला लिग फुटबलमा आर्मीको सातौ जीत, विराटनगर महानगरपालिका सातका विरुद्ध शून्य गोल अन्तरले पराजित, पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ आर्मीको पहिलो जीत दर्ता, १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षकमा बढुवा ।

१०.र, म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध, अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच टेलिफोन संवाद, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाहना, भारतको उत्तराखण्डमा गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी ।

प्रतिक्रिया दिनुहोस्