काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाली कमर्सियल बैंकिङ इतिहासमै बैंकले पहिलोपटक आफ्नै मोबाइल वालेट ‘रेमिट्याप; सञ्चालन ल्याएको छ । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेषगरी डिजिटल बैंकिङमा नयाँनयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ ।
यसै क्रममा ग्राहक महानुभावको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले बैंकले आफ्नै मोबाइल वालेट सञ्चालनमा ल्याएको हो । रोबुस्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाइल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका विशेषताजस्तै भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियोमार्फत अपलोड गर्न सकिनेलगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।
यसका साथै रेमिट्याप पिशेषगरी विदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपालभित्र नै एक ठाउँबाट उर्को ठाउँमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७ हजारभन्दा बढी एजेन्टबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ । यसबाहेक रेमिट्याप वालेटभित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्नेलगायतका थुपै विशेषता रहेका छन् । नेपाली तथा अंगेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजिटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० शाखा, १५६ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएम तथा करिब २ हजारभन्दा बढी पिओएस मेसिनमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।