Logo
Logo

न्यु डाईमण्डलाई हराउँदै एपीएफ फाइनलमा


दृष्टि संवाददाता

315
Shares

कास्की, ३० माघ । पोखरामा जारी टाइगर कप अन्तर क्लव भलिबल प्रतियोगिताको महिला तर्फको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव बीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३/० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

फाइनल पुग्ने क्रममा एपीएफले न्यु डाईमण्डलाई २५–२१, २५–२१ र २५–२३ को सेटमा पराजित गर्‍याे। अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।

न्यु डाईमण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार नै भएको खेलमा नेपाल पुलिस क्लबलाई तीनका विरुद्ध शुन्यको सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले पुलिसमाथि २६–२४, २५–२२ र २५–१४ को सेटमा जित निकालेको थियो । गण्डकीले एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार नै गण्डकीले एपीएफलाई २५–२१, २९–२७ र २५–१५ ले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सान्त्वना पुरस्कार १५ हजार राखिएको छ । यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्