Logo
Logo

महिला हिंसाविरुद्ध महिला मार्च


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, ३० माघ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो ।

बसन्तपुरबाट सुरू भएको मार्च भद्रकाली पुगेर सभामा परिणत भएको थियो । मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए । सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्याली गरेका थिए । मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागीता थियो ।

मार्चपास अघि बसन्तपुरमा साङ्लोमा बाधिएर युवाहरुले हिंसा र विभेदविरूद्धका घट्नाको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्