Logo
Logo

भागरथीको हत्यारालाई कानूनी दायरामा ल्याउ : महिला आयोग


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, ३० माघ । राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षिया किशोरी भगिरथी भट्टको बलात्कार गरि हत्यामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ ।

शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले सरकारले घटनाको छानविनका लागि चालेका कदम सराहनिय रहेको बताउँदै पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको हो ।

आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ। उक्त घटना घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको आयोगकी प्रवक्ता शान्ता अधिकारीले बताइन् ।

पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसा न्यूनिकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिइन् ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की भगिरथी भट्टको गत माघ २१ गते बलात्कार पछि हत्या भएको थियो। स्कुल गएकी भट्ट माघ २१ गते दिउसोबाट हराएकी थिइन् ।

उनको शव भने २२ गते मृत अवस्थामा फेला परेको थियो। त्यसपछि २९ गते आएको पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि हत्या भएको पुष्टि भएको थियो । तर, अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्