Logo
Logo

भागरथीको हत्या प्रकरणको अनुसन्धानमा तीव्रता देउ : नेपाली कांग्रेस


दृष्टि संवाददाता

252
Shares

काठमाडौं, ३० माघ । नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकाकी किशोरी भागरथी भट्टको बलत्कारपछि हत्या गरेको घटनाको अनुसन्धान तिव्र रुपमा अघि बढाउन माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाएर दोषीलाई अविलम्ब पक्राउ गर्न माग गरेका हुन् ।

घटना भएको दुई हप्ता भइसक्दासमेत दोषीलाई पक्राउ गर्न नसक्नुलाई कांग्रेसले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘शान्ति स्थापना र संविधान निर्माण पश्‍चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्‍नेछ भन्‍ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ,’ विज्ञप्तीमा भनिएको छ । ‘अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्मला पन्त प्रकरणका दोषी अझै खुला रुपमा घुमिरहेको भन्दै शर्माले भागरथी र अरु धेरैका अपराधी कानुनको कठघरामा उभिन नसकेको शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्