Logo
Logo

मुलुकमा राजनीतिक स्थिरताका लागि चुनाव आवश्यक : उपप्रधानमन्त्री पोखरेल


दृष्टि संवाददाता

756
Shares

ओखलढुंगा, ३० माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त गर्ने बताएका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चिशंखुगढी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले निर्वाचनको आवश्यकता औंल्याएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले जनताको फैसला शिरोधार्य गर्न निर्वाचनमा जान लागिएको बताए। लामो अस्थिरताबाट आक्रान्त मुलुकलाई अघि बढाउने उद्देश्यसहित संविधानको रक्षा गर्दै अराजकताको अन्य गर्न र स्थिरता ल्याउन निर्वाचन अपरिहार्य भएको उनको दावी छ ।

पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उनले आरोप लगाए। यस्तै, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उपप्रधामन्त्री पोखरेलले यो कुरा आमजनता र कार्यकर्ताले नरुचाएको धारणा राखे ।

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्