Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रतिगमनविरुद्ध ‘महिला मार्च’ देखि भागरथीको हत्यारा पत्ता लगाउन जनदबाबसम्म


दृष्टि संवाददाता

1.9k
Shares

हेडलाइन्स् :

१. मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा ‘महिला मार्च’ सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश व्यक्त, महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग ।

२. अदालतको अवहेलना मु्द्दामा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन पुग्यो, आदेश दिएको १५ दिन बितिसम्दा पनि प्रधानमन्त्री लिखित जवाफ बुझाउन अदालत पुगेनन्, सर्वोच्चले एक हप्ताभित्र लिखित जवाफ पेश गर्न दिएको आदेशको तामेली १५ दिनसम्म नहुनु अर्थपूर्ण ।

३. भागरथी हत्याका दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेसको माग, हत्या भएको दोस्रो साता पुग्दासमेत हत्यारा पक्राउ नपर्नु, शव अस्पतालमा रहिरहनुले परिवारमा झन पीडा भथिएको भनाइ, देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन माग ।

४. केपी शर्मा ओली नेतृत्वको नेकपाले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्दै, सिद्धेश्वर मैदानमा हुने आमसभामा दुई लाखभन्दा बढी उपस्थित गराउने तयारी, जनउपस्थिति बढाउन महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेता परिचालित ।

५. आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाइ, मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त, संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको धारणा ।

६. संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीद्धारा मरणोपरान्त शरीर दानको घोषणा, चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि जोशी दाम्पतीको शरीर मरणोपरान्त ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने, चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्का अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको जोशीको भनाइ ।

७. नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतमा, उपचारको क्रममा भारतमा रहँदा राजनीतिक भेट समेत हुनसक्ने सचिवालयको भनाइ, स्वास्थ्य परीक्षण गराएर चार दिनपछि नेता खनाल स्वदेश फर्कने ।

८. पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने, पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित बैंकलाई निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले रोक्यो, ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने केन्द्रीय बैंकको भनाइ ।

९. आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित, राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबको सहज जित,पुलिसद्वारा चन्द्रपुर नगरपालिका तीनका विरुद्ध शुन्य गोल अन्तरले पराजित, विभागीय टिम एपीएफ क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश ।

१०.र, भारतमा सर्वोच्च अदालतबाट सामाजिक सञ्जाललाई नियमन गर्न आदेश, भारतको तमिलनाडुस्थित पटाका उद्योगमा विस्फोट हुँदा ११ जनाको मृत्यु, ३६ जना घाइते ।

प्रतिक्रिया दिनुहोस्