काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले जनयुद्ध दिवस मनाउँदैछ । राजधानी काठमाडौं सहित विभिन्न जिल्लामा जनयुद्ध दिवस मनाउन सर्कुलर गरिएको सो समूहले जनाएको छ ।
विक्रम संवत् २०५२ फागुन १ गते तत्कालिन माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । सो सशस्त्र युद्धको स्मरणमा जनयुद्ध दिवस मनाईंदै आइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ९ बजे आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ ।
अर्का अध्यक्ष माधवकुमार नेपाल काठमाडौं बाहिर रहेकाले कार्यक्रममा सहभागी हुन नसक्नुभएको नेकपा प्रचण्ड–माधव समूहले जनाएको छ । तर, दुबै अध्यक्षको सल्लाहमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।