Logo
Logo

बाबुराम भट्टराई र मलाई इतिहासले अलग हुन दिँदैन : प्रचण्ड


दृष्टि संवाददाता

9.6k
Shares

काठमाडौं, १ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराई र आफूलाई इतिहासले अलग हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्डले अहिले आफ्नो पार्टी फरक भएपनि इतिहासका कार्यहरुले अलग हुन निदिने बताएका हुन् ।

इतिहासको आफ्नो कर्मको कारणले अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो कर्मले नजिक ल्याइ नै राखेको उनले बताए । बाबुरामको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उनको भनाई छ । उनले जनयुद्धका शहीद र परिवारहरुलाई राज्यले अवमूल्यन र अवहेलना गरे बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने बताए ।

उनले संविधान पूर्ण नभएको उल्लेख गर्दै यसको दुईपटक संशोधन भइसकेको तर्क गरे । त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको मुल मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै संविधानको रक्षका लागि नै संघर्षमा होमिनु परेको तर्क गरे ।

जनयुद्ध दिवसको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन पनि भएको प्रचण्डले बताए ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताए । संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ । राजनीतिक स्थायित्वका लागि संघर्ष गर्नुपरेको भन्दै विपीका पालामा हुन नसकेको काम जनताका प्रतिनिधिबाट संविधान बनाएको उनले बताए ।

पुस्तकका लेखक एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा भट्टराईले जनयुद्धबारे साझा बुझाइ बनाउन भने जरुरी भएको बताए । उनले जनयुद्ध लगाएत बिभिन्न आन्दोलनको उपलव्धी रक्षा गर्नु अहिलेको मूख्य चुनौति रहेको जिकिर गरे ।

जनयुद्ध दिवसको अवसर पारेर भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तकको विमोचन गरिएको हो । फाइन प्रिन्टद्वारा प्रकाशित उक्त पुस्तकमा भट्टराईले जनयुद्धकालीन प्रसंगहरुलाई पुस्तकमा समावेश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्