धनकुटा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधुमार नेपालले केपी ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्दै देश संकटमा पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
नेकपा प्रचण्ड–माधव समूहले धनकुटामा आयोजना गरेको विरोधसभालाई सम्बोधनगर्दै अध्यक्ष नेपालले असंवैधानिक कमम चालेर ओलीले पार्टी र देशलाई संटकमा पार्ने खेल खेलेको बताएका हुन । उनले भने– ‘ओलीको असंवैधानिक कदमले कम्युनिष्ट पार्टी समाप्त हुन्छ । कम्युनिष्ट पार्टी समाप्त पार्दै देश समाप्त पार्ने खेल हो ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओली पार्टी र देशलाई संकटमा पारेर आनन्दभूत गर्दै बसेको समेत आरोप लगाएका छन् । उनले भने– ‘ओली पार्टीलाई तमोर नदीमा बगाएर आफूचाहिँ उपरखट्टी लगाई बाँसुरी बजाएर बसेका छन् । उनलाई खुब आनन्द छ ।’
२०५१ सालमा तत्कालिन एमाले नेतृत्वमा बनेको ९ महिने सरकारले गरेको जनपक्षीय काम सम्झदै पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले भने– ‘राम्रो काम गर्नेको अनुहारबाटै थाहा हुन्छ, ओलीको अनुहार, सोच र व्यवहार नै उखान टुक्का सुनाएर जनता अलमल्याउने जस्तो छ ।’
अध्यक्ष नेपालले देशलाई गम्भीर संकटबाट जोगाउन ओलीको असंवैधानिक कदमविरुद्ध संघर्षमा जुट्न समेत आह्वान गरेका छन् ।