Logo
Logo

आजको मौसम पूर्वानुमानः देशभर पश्चिमी वायुको प्रभाव


दृष्टि संवाददाता

315
Shares


काठमाडौं, २ फागुन ।
आजको मौसम पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बर्षा हुने सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना माहाशाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्