काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी नेकपाले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड—माधव पक्ष सडक आन्दोलनमा छन् । प्रचण्ड-माधवले यसअघि दुई चरणमा सडक आन्दोलन गरिसकेका छन् ।