Logo
Logo

चिनियाँ नयाँ वर्षको असर, नाकामै रोकिए सामान


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २ फागुन । चिनियाँ नयाँ वर्षका कारण केरुङ र तातोपानी नाकाबाट ३ दिनदेखि सामान आउन बन्द भएको छ ।

नयाँ बर्ष मनाउनका लागि चिनियाँ कामदार तथा एजेन्ट गएपछि माघ २९ बाट नेपालतर्फ सामान आउन बन्द भएको हो ।

केरुङ भन्सार खुल्ला भएपनि कामदारका अभावले नाकाबाट सामान आउन छोडेको हो । यसअघि भन्सारमा दैनिक ५ चिनियाँ कन्टेर भित्रिने गरेको थियो ।

कोरोना भाइरसपछि चीनमा यस वर्ष हर्षोल्लासका साथ नमनाइने भएपनि चीन सरकारले सार्वजनिक बिदा दिएको छैन । जसका कारण नाका खुल्ने र बन्द हुने सूचना नआएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सारमा ५ कन्टेनर सामान भित्रिनुपर्ने भन्सारले जनाएको छ । अहिलेसम्म १५ देखि २० कन्टेनर भित्रिने गरेका छन् ।

उता, तातोपानी भन्सार नाकाबाट फागुन ५ गतेबाट मात्र नयाँ सामान आउने भएको छ।

गत बिहीबारसम्म पुरानो सामान आएको थियो भने हाल लोसारले गर्दा ५ गतेसम्मका लागि कुनै पनि सामान नआउने तातोपानी भन्सार कार्यलयले जनाएको छ ।

बुधबारदेखि तातोपानी नाकाबाट दैनिक २० वटासम्म कन्टेनर आउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्