Logo
Logo

रश्मीको ह्याट्रिकमा आर्मी विजयी


दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २ फागुन। राष्ट्रिय महिला लिग अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मीले सहज जीत निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटमाथि आर्मीले ६ का विरुद्ध एकको सहज जित निकालेको हो ।

आर्मीको जीतमा रश्मी घिसिङले ह्याट्रिक सहित चार गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन् । उता चन्द्रपुरका लागि रजनी थोकरले सान्त्वना गोल गरिन् ।

खेलमा घिसिङले खेलको १० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएकी उनले २२ औं मिनेटमा अर्को गोल थपिन् । त्यस्तै २३ औं मिनेटमा बिमला चौधरीले गोल थपिन् । उता चन्द्रपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काउँदा पहिलो हाफमा आर्मीले तीन एक गोल अन्तरले अग्रता बनायो ।

दोस्रो हाफमा ५० र ६१ औं मिनेटमा रश्मीले गोल गर्दा बिमलाले ५६ औं मिनेटमो गोल थपिन् । जितसँगै आर्मीले शीर्षस्थानको एपीएफसँग अंक दुरी घटाएको छ ।

९ खेलबाट २७ अंक जोडेको एपीएफ शीर्षस्थानमा रहँदा १० खेलबाट २५ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्