Logo
Logo

नेपाली कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै ५ फागुन अर्थात् आउँदो बुधबारका लागि बैठक बोलाएका हुन् ।

बैठक २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन् ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

कोभिड– १९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्