काठमाडौं, २ फागुन । नेपाली सुगमसंगीत क्षेत्रकी चर्चित गायिका निशा देशारलाई मातृशोक परेको छ ।
करिब डेढ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी गायिका निशाकी आमा चिरिमाया देशारको आइतबार निधन भएको छ । उनी फोक्सोको क्यान्सरपीडित रहेको उनका परिवारले जनाएको छ । चिरमायाको आइतबार ललितपुरको चापागाउँस्थित न्हाकदँस्थित घरमै निधन भएको हो ।
केही दिनअघिमात्रै वीर अस्पतालबाट ‘डिस्चार्ज’ भएकी उनी घरमै आराम गर्दै आएकी थिइन् । दिवंगत ५९ वर्षीया चिरिमाया देशारका गायिका निशाकाका अलावा एकछोरा (अनुप) र छोरी (सुष्मा) छन् । उनको चापागाउँमै गुठी परम्पराअनुसार आइतबार दाहसंस्कार गरिएको छ । उनका पति ज्ञानलाल देशारको दुई वर्षअघि नै निधन भइसकेको छ ।