Logo
Logo

मौसम पुर्वानुमानः नेपालमा अझै पश्चिमी वायुको प्रभाव


दृष्टि संवाददाता

504
Shares


काठमाडौं, ४ फागुन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी, रातिमा भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विवरण अनुसार राति उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्