Logo
Logo

बम आक्रमणमा पश्चिम बंगालका मन्त्री गम्भिर घाईते


दृष्टि संवाददाता

504
Shares

भारत, ६ माघ । भारतीय राज्य पश्चिम बंगालमा भएको बम हमलामा परेर एक जना मन्त्री घाइते भएका छन्।

राज्यका श्रममन्त्री जाकिर हुसेनलाई लक्षित गरी बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा बम आक्रमण भएको
भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

मुर्सिदावादको जांगीपुरबाट एमएलएसमते रहेका हुसेन उद्यमी पनि हुन्। उनको बिडी बनाउने कम्पनी छ। कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको प्रहरीको भनाई छ । बम बिस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ।

उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

सामाजिक सञ्जालहरूमा आएका बम आक्रमणका भिडिओमा हुसेन रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ मा समर्थकहरूसँग हिँडिरहेका बेला ठूलो बिस्फोट भएको थियो।

मन्त्री हुसेनमाथि भएको आक्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ। मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्