काठमाडौं, ६ माघ । नेपालमा बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।
औषधि व्यवस्था विभागका अनुसार ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो ।
१६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको हो ।
हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ । खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।