Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियूले घेर्‍याे आयल निगम


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, ६ फागुन । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य भन्दै अनेरास्ववियूले बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै निगमको कार्यालय घेराउ गरेको हो । प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी लगाएका छन् ।

निगम घेराउ गर्नुअघि अनेरास्ववियूले देशभरका क्याम्पस अगाडि कालोपट्टी बाँधेर प्रदर्शन गरेको थियो । विद्यार्थीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गरेको छ ।

उनीहरूले आयल निगमको चुहावट नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थ विद्यार्थीलाई सहुलियत गर्नुपर्ने, बढ्दो महगंी नियन्त्रण गर्नुपर्ने माग राखेका छन् ।

गत माघ २८ गते बुधबार मात्रै नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फेरि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्