Logo
Logo

बादलद्वारा प्रचण्डको सुरक्षा कटौती


दृष्टि संवाददाता

5.8k
Shares

काठमाडौं, ६ फागुन । गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कटौती गरेको छ । प्रचण्डको सुरक्षामा ५० भन्दा धेरै सुरक्षाकर्मी खटाउने गरिएकोमा मन्त्रालयले १८ मात्र खटाउने निर्णय गरेको हो ।


हालै सरकारले संशोधन गरिएको सुरक्षा कार्यविधिअनुसार प्रचण्डको सुरक्षामा आधा भन्दा धेरै सुरक्षाकर्मी हटाइएको छ । गृहमन्त्री बादलकै निर्देशनमा सुरक्षा कटौती गरिएको स्रोत बताउँछ । प्रचण्डको सुरक्षामा प्रहरी घटाएपछि पूर्व पिएलएलाई खटाउन थालिएको छ ।
त्यस्तै पूर्व मन्त्रीहरुको सुरक्षा पनि कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्