Logo
Logo

मङ्गल ग्रहमा अवतरण गर्दै अमेरिकी अन्तरिक्ष यान


दृष्टि संवाददाता

1.3k
Shares

एजेन्सी, ६ फागुन । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष वाहन मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ । नेपाली समयानुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा वाहन मङ्गल ग्रहको सतहमा अवतरण गर्न लागेको हो ।

सात महिनाको यात्रामा ४७ करोड किलोमिटरको दुरी पार गरेर ६ वटा पाङ्ग्रा भएको रोबट मङ्गल ग्रहन जिक पुगेको हो । अब यो मिशनको सबैभन्दा कठिन चुनौती भनेको मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु हो ।

पर्सिभिअरन्स सफल भएमा यसले ग्रहमा पहिले जीवन भए नभएको अध्ययन गर्ने अभूतपूर्व अवसर प्राप्त गर्नेछ । रोबट जेजेरो क्रेटर भनिने पहिले पानीको ठूलो ताल भएको अनुमान गरिएको स्थानमा ओर्लिने प्रयासमा छ ।

वैज्ञानिकले कुनै बेला धेरै पानी रहेको र सम्भवतः पानीमा कुनै प्रकारको जीव रहेको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्