Logo
Logo

आइपीएलका कुनै पनि टीमले किनेन् सन्दीप लामिछानेलाई


दृष्टि संवाददाता

693
Shares

काठमाडौं, ६ फागुन । नेपाली क्रिकेटर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन् । लगातार तीन सिजनमा दिल्लीबाट खेलेका सन्दिप अनसोल्ड भएका हुन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

तर, दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

२०१८ मा ३ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए । त्यसपछि २०१९ मा ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए भने अघिल्लो सिजन भने दिल्लीलाई सन्दीपले कुनै मौका दिएन ।

 

प्रतिक्रिया दिनुहोस्