Logo
Logo

क्रिस मोरिस बने आईपीएलका सर्वाधिक महंगाे खेलाडी


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं, ६ फागुन । क्रिस मोरिस आईपीएल इतिहासमा सर्बाधिक महँगो खेलाडी बनेका छन् । दक्षिण अफ्रिकी अलराउन्डर मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल)का सर्वाधिक महंगा खेलाडी बनेका हुन् ।

बिहीबार चेन्नईमा जारी अक्सनमा राजस्थान रोयल्सले १६ दशमलव २५ करोडमा खरिद गरेसँगै यसअघिको युवराज सिंहको कीर्तिमान तोडिएको हो ।

यसअघि युवराज १६ करोडमा बिक्री भएका सबैभन्दा महंगा खेलाडी थिए । सुरुवाती मूल्य ७५ लाखदेखि सुरु भएको बोलबोलाई १६ दशमलव २५ करोडमा पुगेर टुङ्गिएको हो ।

दायाँहाते फास्ट बलर तथा लो अर्डर ब्याट्सम्यान मोरिसले आईपीएलमा हालसम्म ७० खेलमा ५ सय ५१ रन बनाएका छन् । उनको स्ट्राइक रेट १ सय ५७ दशमलव ८७ छ भने बलिङतर्फ ८० विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्