Logo
Logo

फिफा वरीयतामा नेपाल यथावत


दृष्टि संवाददाता

504
Shares

काठमाडौं, ६ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत हो ।

गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमा थियो । कोरोना भाईरसको महामारीपछि नेपालले गत नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले एक खेलमा हार व्यहोर्दा एक खेलमा बराबरी खेलेको थियो । त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन ।
नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ ।

प्रतिक्रिया दिनुहोस्