Logo
Logo

सशस्त्र द्वन्द्वपीडितको समस्या समाधान गर्न विशेष कार्यदल बनाउँछु : प्रधानमन्त्री


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने बताएका छन् ।

बालुवाटारमा बिहीबार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरूसँगको छलफलमा प्रधानमन्त्रीले पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई पुर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडित रहेको बताए ।

पेन्सन नपाउने द्वन्द्वपीडितको परिवार अरूभन्दा बढी समस्यामा रहेको जनाउँदै प्रधानमन्त्रीले युद्धको बेला पक्ष–विपक्ष कहीँ नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण थुप्रै संख्यामा पीडित भएको बताए ।

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा २ हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको भन्दै तिनका आश्रित् परिवार र घाइतेको अवस्था दयनीय रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्