Logo
Logo

काठमाडौंका केही स्थानमा शुक्रवार दुई घण्टा बत्ती नहुने


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं, ६ फागुन । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै बालाजु वितरण केन्द्रको धर्मस्थली, गोलढुङ्गा र विष्णुमति फिडरअन्तर्गत ११ हजार भोल्ट र एलटी लाइन मर्मत गर्नुपर्ने भएकाले विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द गर्नुपरेको बालाजु वितरण केन्द्रले जनाएको हो ।

केन्द्रका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म तीनवटै फिडर अन्तर्गतका क्षेत्रमा बत्ती जानेछ । तोकिएको समय अगावै काम भएमा तत्काले विद्युत् आपूर्ति सुचारु गरिने पनि केन्द्रले जनाएको छ ।

हेर्नुहोस् प्राधिकरणको सूचना :

प्रतिक्रिया दिनुहोस्