Logo
Logo

भागरथीलाई बलात्कार समेत गरेको दिनेश भट्टद्वारा स्वीकार


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडौं, ६ फागुन । बैतडीकी किशोरी भागरथी भट्टलाई आफूले बलात्कार गरेकाे १६ वर्षीय किशोर दिनेश भट्टले स्वीकार गरेका छन् ।

बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।

बिहीबार अभियुक्त दिनेशका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् ।

स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्