काठमाडौं, ७ फागुन । नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने मौसमा पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।