Logo
Logo

बामदेव गाैतमले गरे सञ्चारमाध्यममा आएका समाचारकाे खण्डन


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, ७ फागुन । नेकपा नेता एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै नेता गौतमले ‘वर्तमान सरकारको गृहमन्त्री बनेर बामदेव जाँदैछन्’ भन्ने समाचार गलत र भ्रामक भएको भन्दै खण्डन गरेका हुन् ।

उनले सञ्चारमाध्यममा आएका समाचार दुराशयुक्त भएको समेत आरोप लगाएका छन् । उनले लेखेका छन्– ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ ।’

प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको…

Posted by Bamdev Gautam on Friday, 19 February 2021

 

सामाजिक सञ्जालबाटै उनले भ्रामक समाचारलाई विश्वास नगर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्