Logo
Logo

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : ‘जति बेला जे पनि हुन सक्छ, तयार हुनुहोस्’


दृष्टि संवाददाता

1.7k
Shares


काठमाडौं, ७ फागुन । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थितिले जतिबेला जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा प्रचण्डले संक्षिप्त ‘ब्रफिङ’गर्दै जस्तो सुकै परिस्थितिका लागि पनि तयार रहन निर्देशन दिएका हुन् ।

परिस्थिति अनुकूल संघर्ष समितिले तय गर्ने संघर्षका कार्यक्रम पनि फेरिएको भन्दै प्रचण्डले बदलिने परिस्थिति अनुसारै अगाडि बढ्नुपरेको बताएका थिए ।

‘संघर्ष समितिले बनाएका संघर्षका कार्यक्रम बेलाबेला फेरबदल हुनुको कारण पस्थितिमा आएको फेरबदलले हो,’ केन्द्रीय सदस्यको जिज्ञासमा मेटाउने क्रममा प्रचण्डले बैठकमा भनेका थिए ।

बैठकमा सातै प्रदेशका इन्चार्जहरूले पार्टीको अवस्था र भावी रणनीतिको रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्