Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रदेश २ का प्रदेश प्रमुख बर्खास्त र नयाँ नियुक्तिदेखि भागरथी भट्टको अन्त्येष्टिसम्म


दृष्टि संवाददाता

693
Shares

हेडलाइन्स् :

१. प्रदेश दुईका प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पदमुक्त, हटाउँदै डा. राजेश झा नियुक्त, राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार, प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति नेपाली कांग्रेसको विरोध तथा भत्र्सना ।

२. निर्वाचन आयोगको काम गराईप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट, चुनावी कार्यक्रम घोषणामा ढिलाइ गरेको आरोप, तोकिएको मितिभित्र निर्वाचन गर्ने गरी काम गर्न पुनः निर्देशन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको प्रतिबद्धता ।

३. एमिकस क्युरीले शुक्रबारसम्म राय दिएसँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथिको बहस सकियो, प्रतिनिधिसभा विघटन संवैधानिक हो कि असंवैधानिक भन्नेमा समाजसँगै एमिकस क्युरीमा पनि फरक–फरक मत, चार एमिकस क्युरीका सदस्य प्रतिनिधिसभा विघटनको विपक्षमा र एक जना पक्षमा, विघटन गर्नु सही भन्ने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली मात्रै, कुनै पनि बेला फैसला आउन सक्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको भनाइ ।

४. संसद कुनै पनि हालतमा पुर्नस्थापना हुनेमा ढुक्क रहन नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको दावी, जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन प्रचण्डको ब्रिफिङ, ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिरहेको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको आरोप ।

५. बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च, रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत, टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाएर सुरक्षाकर्मी परिचालन, सडकमै जारी गरियो नागरिक घोषणापत्र ।

६. बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मृत भेटिएको १७ औं दिनपछि महाकाली नदी किनारमा अन्त्येष्टि, घटनामा संलग्न रहेको आरोपमा प्रहरीद्वारा दिनेश भट्टलाई सार्वजनिक गरे पनि शव बुझ्न अस्वीकार गरेका आफन्तले बिहीबार दिनेशका बुवासमेत राखेर सरकारी वकिलको कार्यालयमा गरिएको बयानमा बलात्कार पछि हत्या गरेको स्वीकार गरेपछि शव बुझ्दै अन्त्येष्टि ।

७. गत आर्थिक वर्षबाट घटिरहेको आयात पुसयता बढ्न थाल्यो, पछिल्लो पुस र माघ महिनामा आयात बढेको भन्सार विभागको तथ्यांकले देखायो, सात महिनामा आठ खर्बको आयात भएको तथ्यांक सार्वजनिक ।

८. ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट, सवा ३ लाखलाई १० कित्ता, भाग्यमानी दुई जनालाई ११ कित्ता, लाभांश प्रस्ताव पारित गर्न सिभिल लघुवित्तले डाक्यो साधारण सभा, रु रु जलविद्युत परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई कम्पनीद्वारा आईपीओ निष्काशन तथा बिक्री खुला ।

९. अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि विभागीय टिम एपीएफ क्लबलाई, शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित, एन्फाद्वारा राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेको ३८ खेलाडीबाट ७ खेलाडी बाहिरिए, कोभिड र यात्रा प्रतिबन्धका कारण फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपेबीचको खेल स्थगित ।

१०.र, सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु २० वर्षीया युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी, गत वर्ष जुनमा भारत र चीनको सीमामा भएको झडपमा चार जना चिनियाँ सैनिकको मृत्यु भएको खुलासा, विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तानी सरकारद्वारा जानकारी ।

 

प्रतिक्रिया दिनुहोस्