काठमाडौं, ७ फागुन । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार शनिबार (आज) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ भने राती देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। रातीको समय देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा महाशाखाले अनुरोध गरेको छ।