विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षको जनसभाका सहभागीहरुको भीड देखेर हौसिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि दुई खेमामा विभाजित भएका नेकपाबीच शक्ति प्रदर्शनको होड चलिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् । सम्बोधन गर्नपुर्व जनसहभागितालाई हेरेपछि प्रधानमन्त्री ओलीले भने, ‘यहाँहरु सबैलाई नमन भन्न चाहन्छु ।’
शनिबार विराटनगरका आयोजित जनसभालाई सम्बोधन गर्दै भने, ‘आजको यो सभामा चौरमा नआँटेहरु घरमै टिभीबाट प्रत्यक्ष हेरिरहेका छन् । आजको सभालाई ड्रोनहरुले खिचिरहेको छ । तर, यहाँ कति मान्छे छन् भन्ने माथि चन्द्रमालाई मात्र थाहा छ ।’
प्रदेश १ को बयानमै करिब ५ मिनेट खर्चिएका प्रधानमन्त्री ओलीले नेतृ रामकुमारी झाँक्रीलाई समेत कटाक्ष गर्न भ्याए । ‘एक जना झाँक्री छन्’ उनले भने, ‘अब उनलाई झाँक्रीहरुले समेत निको पार्न सक्दैनन् । उनी गलत बाटोमा लागे ।’
नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहप्रति इंगित गर्दै भने, ‘उहाँहरु भागेपछि हामीले संवैधानिक आयोगहरुमा नियुक्ती गयौँ । सुकुमवासी आयोग गठन गर्यौँ । त्यो देखेर उहाँहरु आतिनुभएको छ ।’
प्रधानमन्त्री ओलीले विराटनगरको सभामा पनि अस्पताल सिलान्यासको प्रशंग निकाल्दै भने, ‘अहिलेसम्म संसारमै नभएको र नगरेको हामीले एकै दिन ३ सय ४७ वटा अस्पतालको सिलान्यास गरेका छौँ ।’ सम्बोधनका क्रममा आफ्नो उनले आफूले गरेका विकासलाई उदाहरणीय भएको दावी गरे ।
प्रधानमन्त्री ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको समेत बताए । ओलीले अब प्रचण्डको नियति असफलताबाहेक केही नहुने दावी गरे ।
‘२ र ४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो ।’ पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाँक्रीले उहाँलाई बचाउन सक्दैन ।’
ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँ फर्किने बाटोमा हुनुहुन्न, भिडबाट लडनेलाई राम भन्न सकिन्छ काध हाल्न सकिन्न ।’