Logo
Logo

प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजकाे प्रदर्शन


दृष्टि संवाददाता

315
Shares

काठमाडौं, ८ फागुन । असंवैधानिक तवरले संसद विघटन गरिएको भन्दै शनिबार पनि नागरिक प्रदर्शन गरिएको छ ।

प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै शनिबार काठमाडौंको माइतिघरमा नागरिक प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले सवसत्तावाद ढल्दैछ, निरंकुश सरकार चाहिँदैन, संविधनविरुद्धको षड्यन्त्र बन्द गर’लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा डा गोविन्द केसीले मुलुकमा बेरोजगार, भ्रष्टाचार लगाएतका समस्या रहेपनि नेताहरु भने सत्ताको लोभका परेको बताए । उनले सरकारको असंवैधानिक कदम सच्चाउनुपर्ने धारणा पनि राखे ।

संसद विघटनपछि ‘अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा निरन्तर रुपमा बिरोध प्रदर्शन हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्