Logo
Logo

जोकाभिचले उचाले नवौं पटक अस्ट्रेलियन ओपन टेनिस पुरुषतर्फको उपाधि


दृष्टि संवाददाता

441
Shares

एजेन्सी, ९ फागुन । सर्बियाका खेलाडी नोभाक जोकोभिचले नवौँ पटक एकलतर्फको उपाधि जित्दै कीर्तिमान राखेका छन् ।

वर्षको पहिलो ग्रान्ड स्लाम उपाधि विजेता जोकोभिचले पुरुष एकलतर्फ सबैभन्दा धेरै पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने कीर्तिमान बनाएका हुन् । जोकोभिचले रूसी खेलाडी डानिल मेद्भेदेभलाई ७–५, ६–२ र ६–२ को सोझो सेटमा पराजित गरेका छन् ।

यो उनको १८औँ ग्रान्ड स्लाम उपाधि हो। स्पेनका राफेल नाडाल र स्वीट्जरल्यान्डका रोजर फेडेररले २० वटा ग्रान्ड स्लाम उपाधि जितेका छन् । ३३ वर्षीय जोकोभिकले मेलबर्न पार्कमा अहिलेसम्म फाइनल खेल हारेका छैनन्। उता चौथो वरीयताका २५ वर्षीय मेद्भेदेभले अहिलेसम्म ग्रान्ड स्लामको फाइनलमा जित निकाल्न सकेका छैनन् । उनको यो दोस्रो ग्रान्ड स्लाम फाइनल थियो ।

यसअघि मेद्भेदेभले सन् २०१९ को युएस ओपनको फाइनल खेलेका थिए । उनी राफेल नाडालसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्